images
images
  • एनएमबी बैंकको क्यूआर राख्दा बिना धितो बैंक नगएरै दुई लाख रुपैयाँसम्मको कर्जा

    काठमाडौं- एनएमबी बैंकको क्यूआर कोड राख्दा बिना धितो दुई लाख रुपैयाँसम्मको कर्जा पाउन सकिने भएको छ । बैंकले सजिलो क्यूआर कर्जा कार्यक्रम अन्तर्गत यस्तो सुविधा ल्याएको हो ।

    यो सुविधा आफ्नो व्यापार तथा व्यवसायको अनलाइन भुक्तानीका लागि एनएमबी बैंकको क्यूआर कोड राख्नेहरूले मात्रै पाउने छन् । यस्तो कर्जा धितो बिना मात्र नभई छिटो, आवश्यक कागजात झन्झट बिना डिजिटल माध्यमबाटै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    यसका लागि व्यवसाय एकल स्वामित्व तथा साझेदारीमा सञ्चालित व्यवसायिक कम्पनीको रूपमा रहेको हुनुपर्छ । साथै एनएमबी क्यूआरमार्फत कम्तिमा एक वर्षदेखि सक्रियता पूर्वक कारोबार गरेको र प्रमाणित केवाईसीसहित एनएमबी बैंकमा खाता समेत खोलेको हुनुपर्छ । तर अन्य कागजात भने आवश्यक नपर्ने बैंकले जनाएको छ । तीन महिनादेखि बढीमा २४ महिनासम्मका लागि यस्तो कर्जा उपलब्ध हुनेछ ।

    कसरी लिने एनएमबीको सजिलो क्यूआर कर्जा ? 

    यस्तो कर्जा लिन बैंकसम्म पुग्नु र कुनै कागजात जुटाउनु पर्दैन । केवल एसएमएसमा प्राप्त हुने लिंक पच्छ्याएर स्वचालित र झन्झट रहित ढङ्गले ऋण प्राप्त गर्न सकिन्छ ।

    यस्तो ऋणको सीमा १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँ रहेको छ । यस्तो ऋण कतिसम्म पाउनेभन्ने कुरा व्यवसायको नियमित क्यूआर कारोबारमा निर्भर हुने गर्छ ।

    “यो ऋण प्रक्रियामा कतै पनि मानवीय संलग्नता हुँदैन,” एनएमबी बैंकका एमएसएमई तथा एसएमई प्रमुख उत्सव घिमिरेले टेकपानासँगको कुराकानीमा भने, “यो पूर्ण रूपमा डेटाबाट सञ्चालित लोन हो ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images