images
images
  • १०.२३ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्बमा सीमित

    काठमाडौं- सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०.२३ अंकले बढेको छ। नेप्से परिसूचक १०.२३ अंकले बढेर १९४२.६८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स २.३२ अंकले बढेर ३७३.९० विन्दुमा अडिएको छ।

    यसदिन २७६ कम्पनीको ४३ लाख १४ हजार ४१७ कित्ता सेयर १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँमा खरिदबिक्री भयो। १० अंकले उकालो लागेको बजारमा चार कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    सूर्योदय वमी लघुवित्त वित्तीय,शुभम पावर,नगदी हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

    कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ५६ लाख मूल्य बराबरको कारोबार भयो।

    माछापुच्छ्रे बैंक र शिवम् सिमेन्टको ४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य बढ्यो भने एकको मात्रै घटयो।

    आज हाइड्रोपावर उपसमूहबाहेक अन्य उपसमूहको सूचक सकारात्मक देखिएको छ। आज १५२ कम्पनीको मूल्य बढ्दा ६६ कम्पनीको घट्यो भने ९ को मूल्य स्थिर रह्यो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images