images
images
  • ‘कलेज आइडिया हन्ट २०२३’ को आवेदन खुला

    काठमाडौं- आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आइडिया हन्ट २०२३’ सुरु भएको छ । आइडिया स्टुडियोले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको सहकार्य र स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयको संयोजनमा आवेदन खुला गरेको छ ।

    बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुलाएको घोषणा गरेको छ । नयाँ योजना र आइडियासहित उद्यम गर्ने सोच बनाएका विद्यार्थीहरूलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२३ को आयोजना गरेको आयोजकले जनाएको छ ।

    वर्तमान युग र समय सापेक्ष समस्या र अवसरहरू सम्बन्धित नवीनतम् तथा दिगो समाधानसहितका आइडिया भएका विद्यार्थीहरूले कलेज आइडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन् ।

    आइडिया स्टुडियो नेपालकी रणनीति तथा सञ्चार प्रमुख सदिच्छा श्रेष्ठले कलेज आइडिया हन्टको महत्व र अवसरको विषयमा बताइन् ।

    त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका सहायक डीन डाक्टर दिलीप पराजुलीले नेपालका विद्यार्थीहरू अवसरको खोजीमा तीव्र गतिमा विदेशीएका छन् तर नेपालमा धेरै अवसरहरू रहेको जानकारी गराए ।

    हन्टमा प्राप्त आइडियाहरू मध्येबाट उत्कृष्ट २० योजनालाई व्यवसायसम्बन्धी तालिम तथा परामर्श प्रदान गरिनेछ । उत्कृष्ट तीन विजेताले जनही एक लाख नगद पुरस्कारका साथै आइडिया स्टुडियो सिजन सातमा सिधै प्रवेश पाउनेछन् ।

    साथै इन्क्युबेसन कार्यक्रम, व्यवसायिक संजाल, रियालिटी टिभी सो र लगानीको अवसरसमेत प्राप्त गर्नेछन् । कलेज आइडिया हन्ट २०२३ मा सहभागी हुन चाहने इच्छुक विद्यार्थीहरूले असोज १४ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images