images
images
  • प्रभु बैंकको १४ लाख १६ हजार कित्ता सेयर बिक्रीमा, आवेदन कहिलेसम्म ?

    काठमाडौं- प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

    यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको भाउ भने तोकेको छैन । यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (भदौ २२ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

    उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images