images
images
  • सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ बढेको हो ।

    आज छापावाल सुन तोलामा एक लाख १२ हजार ३०० रुपैयाँमा काराबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन तोलामा एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images