images
images
  • चेरी टिग्गो सिरिजले जित्यो दुईवटा नम्बर एक अवार्ड

    काठमाडौं- उपभोक्ता अन्तदृष्टि, सल्लाहकार एवं डेटा विश्लेषणमा वैश्विक लिडर जेडी पावरले आफ्नो अपिल अध्ययन सार्वजनिक गरेको छ । अध्ययनमा जेडी पावरले चेरीको टिग्गो सिरिज पहिलो स्थानमा राखेको छ ।

    मध्यम आकारका किफायती ‘एसयूभी’हरूमा टिग्गो ७ र मध्यम आकारका एसयूभी’हरूमा टिग्गो ८ पहिलो स्थान जित्न सफल भएको छ ।

    जेडी पावर जस्तो चर्चित र विश्वसनीय अवार्डबाट सम्मानित हुनु चेरीको गुणस्तर र आकर्षणको प्रमाण भएको भन्दै यसले ग्राहकसमक्ष लोकप्रियतालाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेको छ ।

    अटो उद्योगमा ’स्वतन्त्रता र निष्पक्षताको’ लागि प्रसिद्ध जेडी पावर यस उद्योगको विश्वासिलो नाम हो ।

    नियमितरूपमा अनुसन्धान प्रतिवेदन प्रकाशन गर्दै आइरहेको जेडी पावरले अपिल अध्ययनका लागि जुन २०२२ देखि मार्च २०२३ सम्म किनिएका ३५ हजार १५५ इन्धन गाडीलाई आफ्नो अध्ययनमा समेटेको छ ।

    यस अनुसन्धानमा २०२२ डिसेम्बरदेखि २०२३ मेसम्म ८१ मुख्य चिनियाँ सहरमा फरक–फरक ४८ ब्रान्डका २३० मोडेलहरू सामेल गरिएको थियो ।

    २०२३ मा चीनको इन्धन यातायात उद्योगले ७३८ अंक वृद्धि पाउँदै अहिले सम्मकै उच्च सूचांक हासिल गरेको छ । जुन अघिल्लो वर्षभन्दा आठ अंकको सुधार हो ।

    चेरीको टिग्गो मोडल विश्वरभर ३४ लाखभन्दा बढी युनिट प्रयोगमा रहेको कम्पनीले जनाएको छ ।

    जेडी पावर अपिल एक वार्षिक सर्वेक्षण हो । यसले नयाँ सवारी साधन चलाउनेहरूलाई आफ्नो सवारी साधनको कार्यसम्पादन, कार्यान्वयन र लेआउटको सन्तुष्टिका आधारमा गाडीका ब्रान्डको सुचकांक तयार पार्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images