images
images
  • सनराइज क्यापिटलको ३० प्रतिशत नगद लाभांश, असोज १० मा एजीएम

    काठमाडौ- सनराइज क्यापिटलको साधारण सभा असोज १० गते हुने भएको छ ।

    सभामा सनराइजले ३०प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ ।

    सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ ।

    यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images