सुर्खेत- डोल्पामा रहेको नेपाली सेनाको ब्यारेकबाट निस्किएका सेनानी (मेजर) विमल पण्डितको अवस्था अझै अज्ञात रहेको छ । डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स ब्यारेकमा कार्यरत ३८ वर्षीय पण्डित सम्पर्कविहीन भएको ११ दिन पुग्दा पनि उनी सम्पर्कमा आएका छैनन्।
डोल्पा ब्यारेकमा कार्यरत सेनानी विमल पण्डित । उनी यहीँ भदौ १० गतेदेखि त्रिपुराकोटबाट सम्पर्कविहिन बनेपनि हालसम्म कुनै पत्तो लागेको छैन् ।
इभिनिङ वाकमा गार्डसमेत नलिई ब्यारेकबाट यहीँ भदौ १० गते साँझ निस्केका मेजर सोही दिनदेखि सम्पर्कविहीन छन्। सम्पर्कविहिन भएको भोलीपल्टबाट खोजविन थालेका सुरक्षा निकायले पण्डित हराउनुको कुनै कारणसमेत फेला पर्न सकेका छैनन् ।
सेनानी पण्डित सम्पर्कविहिन भएको त्रिपुराकोट क्षेत्रका सबै ठाउँमा पुगेर सुरक्षा निकायले खोज्दा पनि कुनै पत्तो लाग्न नसकेको जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्चर पोख्रेलले जानकारी दिए ।
उनकाअनुसार त्रिपुराकोट बाहेक जुम्ला, दुनैदेखि डोल्पाको तल्लो क्षेत्र, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा खोजी गर्दा पनि सम्पर्कविहिन हुनुको कुनै सुराक भेटिएको छैन् ।
मेजर पण्डितलाइ त्रिपुराकोटसम्म पुर्याएका चालक नगेन्द्र बस्नेतको यस्तो छ बयानः
म गाडीसहित गाडीमा दुई तीन जना यात्रुहरु थियौं । अन्य यात्रुहरु टिकटक बनाइराख्नु भएको थियो । सोही समयमा उहाँ आउनुभयो । मलाई हतार छ, त्रिपुराकोट जानुछ, छिटो जाउँ भन्नुभयो ।
मैले गाडी स्टार्ट गरे । उहाँले त्यसबेला भन्नुभयो, ‘तिमिले गाडी कहीँ कतै रोक्नु परेन् । मैले डिएसपी सापसँग कुरा गरेको छु । गाडी कहिँ कतै इन्ट्री गर्नुपर्दैन जाउँ भनेपछि अगाडी बढ्यौं ।’
उहाँले म मजेर साप हो भन्नु भएको थियो मैले तर यहीँको कोही लोकल हुनुहोला मेयर साप भन्ने बुझे । उहाँले बोलिरहँदा हतोत्साहित अवस्थामा हुनुहुन्थ्यो, बोली लडबडिरहेको थियो । ब्यारेक नजिकै पुगेपछि उहाँले नै सेनालाई गेट खोल्न लगाउनुभयो । गेट खोली पछि हामी त्रिपुराकोटतर्फ लागौं । ईमरजेन्सी लाइट बाल्न लगाउनुभयो ।
कालागौडादेखि माथि सोलिङ गरेको ठाउँ पुगेपछि उहाँको मोबाइलमा फोन आयो । गाडीमा गीत बजाइरहेकाले भोलुम घटाउ भन्नुभयो र फोनमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘फोन रेकर्ड मेरो हैन, म्यासेज नि मेरो हैन ।’
उहाँले हतार गरेपछि गाडीको स्पिड बढाउन भन्नुभयो मैले गाडी अलि छिटो चलाउन थाले, पहिलो पटक फोन राखेको पाँच मिनेट पछि पुनः उहाँको मोबाइलमा फोन आयो, केही बेर कुरा गरेर राख्नुभयो ।
उहाँले नै भाडाको रकम खातामा पठाइदिन्छु, खाता नम्बर छ भनेर सोध्नुभयो । मैले छैन खाता भनेपछि रिभर साइटमा झरेर सोध्नुभयो, ‘पैसा ट्रान्सफर्मर गर्छु मलाई अलि बढी पैसा चाहिएको छ भन्दा त्यहाँ कसैले खातामा पैसा पठाउन नमिल्ने बतापछि पुनः गाडी चढ्नुभयो ।’
हामी अगाडी बढौं, मैले भने हाम्रो गाडी साहुसँगै कुरा गर्नुहोला जाउ भनेपछि त्यहाँ छोडेर साउजीसँग कुरा गराएर म खाली गाडी लिएर फर्किए । फर्किदा बाटोमा त्रिपुराकोटतर्फ गइरहेको नेपाली सेनाको गाडीसँग भेट भयो ।
उहाँहरुले रोकेर भन्नुभयो, ‘मेजर साप लिएर गाडी गएको यहीँ हो ।’ मैले हो भने त्यसपछि मात्रै थाहा भयो की उहाँ त मेजर साप पो हुनुहुँदो रहेछ । त्यसपछि उहाँहरुले थप कुरा नगरेर उहाँहरु उता जानुभएको हो । उहाँले गाडी भाडा ६ हजार पाँच सय रूपैयाँ साहुजीलाई दिनु भएकाले त्यसपछि उहाँ कहाँ जानुभयो मलाई जानकारी छैन् ।
जीप रिजर्भ गरेर गएका मेजर पण्डितलाइ दुनैबाट त्रिपुराकोट पुर्याउने सवारी चालक नगेन्द्र बस्नेत ।

वर्षाको कारण टस समेत हुन नसकेपछि नेपाल र युएईले अंक बाँडेका हुन् । दुवै टोलीले अंक बाँडेसँगै युएई समू विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् ।