images
images
  • सुनचाँदीको भाउ घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।

    छापावाल सुन तोलाको एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सो सुन तोलाको एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन तोलाको एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images