images
images
  • एसियाली बडीबिल्डिङको उपध्यक्षमा राजेशबाबु श्रेष्ठ चयन

    काठमाडौं- मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपाध्यक्ष चयन भएका छन्। काठमाडौंमा सम्पन्न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका चार नेपालीलाई विभिन्न ओहदामा चयन गरेको हो।

    इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेसनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेसन उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनित गरेको हो।

    सबै निर्वाचित सदस्यहरुको कार्यावधि ४ वर्षको हुनेछ।

    नेपालमा आयोजना भइरहेको एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपको प्रतियोगिता सोमबार सुरु हुँदैछ।

    मनकामना केबलकारको प्रमुख प्रायोजनमा हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल टुरिजम बोर्ड, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, महालक्ष्मी विकास बैंक, पञ्चकन्या ग्रुप, केटीएम सिटी, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, सरगमाथा लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सीएफएस रेमिट आदिको विशेष सहयोग रहने आयोजकले जनाएका छन्।

    प्रतियोगिता आयोजनामा ३ करोड ६२ लाख अनुमानित लागत लाग्ने आयोजकको अनुमान छ। प्रतियोगिताका सहभागी विभिन्न विधामध्येबाट मिस्टर एसियाको टुंगो भदौ २० गते लाग्नेछ।

    ५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा १७ राष्ट्रका २३६ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन्। जसमा १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गर्नेछन्।

    शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठूलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपालसहित भुटान, चीन, हङकङ (चीन), भारत, काजाखस्तान, मकाउ, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images