images
images
  • सिटिजन लाइफको आइपीओमा आजबाट आवेदन खुला

    काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण सेयरको निष्कासन तथा बिक्री शुक्रबारदेखि खुला गरेको छ।

    कम्पनीले जारी पुँजी ३ अर्व ७५ करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाखको १ करोड १२ लाख ५० हजार कत्ता साधारण सेयर निष्कासन गरेको हो। अंकित मूल्य १०० रुपैयाँमा १४४ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २४४ रुपैयाँका दरले बिक्री गर्न आवेदन खुलाएको हो।

    उक्त सेयरको ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजारको ५ लाख ६२ हजार ५०० कित्ता सेयर कम्पनीले आफ्ना कर्मचारीलाई बिक्री गर्दैछ। उक्त सेयरमा कम्पनीका कर्मचारीहरुले प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ।

    यस्तै बाँकी रहेको १ अर्व ६ करोड ८७ लाख ५० हजार बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयर सर्वसाधरणमा निष्काशन गरिने छ। सर्वसाधरणलाई छुट्याएको सेयरको १० प्रतिशतले हुन आउने ११ लाख २५ हजार कित्ता सेयर कम्पनीले श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गउका नेपालीहरुका लागि बिक्री गरि सकेको छ।

    यस्तै ५ प्रतिशतले हुन आउने ५ लाख ६२ हजार ५०० कित्ता सामुहिक लगानी कोष योजनाका लागि छुट्याइएको छ। भने बाँकी रहेको ९० लाख कित्तामा मात्र सर्वसाधरणले आवेदन दिन पाउँनेछन्।

    कम्पनीले सो सेयर सर्वसाधारणमा अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम मूल्य थप गरि प्रतिकित्ता २४४ रुपैयाँका दरले बिक्री गर्ने भएको हो।

    सेयरमा आजबाट छिटोमा भदौ १९ गतेसम्म आवेदन दिन सकिन्छ । सो समयसम्म लगानीकर्ताहरुबाट पर्याप्त आवेदन नपरे ढिलोमा भदौ २९ गतेसम्म अवधि थप गरिने सूचनामा उल्लेख छ।

    कम्पनीले आइपीओ निष्कासनका लागि ट्रिपल बी रेटिङ प्राप्त गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्ययम रुपमा सुरक्षित रहेको जनाउँछ।

    गत चैत मसान्त सम्म कम्पनीले १ अर्ब २६ करोड संचित नाफा आर्जन गरेको छ। कम्पनीको प्रति सेयर आम्दानी ६.८८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १७२.४२३ रुपैयाँ रहेको छ।

    भने कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images