images
images
  • भूस्वर्ग ‘बडीमालिका’ मन्दिरको पुजा आज (फोटोफिचर)

    बाजुरा- सुदुरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तीर्थस्थल बडिमालिका मन्दिरमा आज बिहानै देखि पुजा गर्ने भक्तजन हरुको भिड लागेको छ। हरेक वर्षझैँ यस वर्ष पनि जनैपूर्णिमाको अवसरमा पबित्र धार्मिक तिर्थस्थल बडिमालिका मन्दिर मा भक्तजनहरू मेला भर्न आएका हुन्।

    जनैपूर्णिमाको अघिल्लो दिन अग्लो टाकुरामा रहेको शक्तिपीठ बडिमालिका मन्दिरमा पश्चिमकै ठुलो मेला र पुजा लाग्ने गर्दछ । दर्शनका लागि बाजुरा, डोटी, अछाम, कालीकोट, जुम्लासहित नेपालका विभिन्न ठाउ तथा भारतबाट तीर्थयात्रीहरु आउने गर्दछन् ।

    पुजाको अघिल्लो दिन बिहानैदेखि भक्तजनहरू त्रिवेणीमा स्नान गरि बडिमालिका मन्दिर परिसरमा पुग्ने गर्दछन् । त्रिबेणीमा स्नान गरी बडिमालिका माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृहरु तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्षेनी हजारौं भक्तजनहरु पुग्ने गर्दछन् ।

    Badimalika 1

    अद्भुत दैवी शक्ति रहेको मानिएको बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटनहरू, खेतीबेती, त्रिवेणी धामलगायत धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन्। धार्मिक पूजाआरधानाका साथै सोही स्थाानहरूको अवलोकन गर्न तीर्थयात्रीहरू बडीमालिका आउने गर्दछन् ।

    भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन बडीमालिकासहित यहाँका अन्य शक्तिपीठहरूमा एकसाथ धार्मिक मेला तथा पूजा लाग्ने गर्दछ। जनैपूर्णिमाकोअघिल्लो दिन बडिमालिका देवी को दर्शनगरि जनैपूर्णिमाको दिन नाटेश्वोरी देवीको दर्शन गर्ने प्रचलन रहदै आएको छ। नेपालका विभिन्न ठाउ तथा भारतबाट तीर्थयात्री हरु आउने यो ठाउँ समुन्द्री सतहदेखि करिब ५ हजार मटिर उचाइमा रहेको छ।

    5 2

    सुदुरपश्चिममा अभाव र पीडाहरु मात्रै छैनन् सम्भावना पनि त्यत्तिकै छन् । तर ती सम्भावनाहरुको खाजी र पचार–प्रसार भएको छैन् । राजधानी काठमाडौंबाट जति पश्चिम लाग्दै गयो उति नै विविधतायुक्त समाज भेट्न सकिन्छ । प्राकृतिक सौन्दर्यताको तपहरण९बर्णन० गरेर साध्य नै छैन । जति पश्चिम गयो उति नै खुल्दै जान्छ यहाँको सौन्दर्यता ।

    घाम उदाएदेखि नअस्ताउञ्जेल यहाँका प्रकृतिका छटाहरुको रुपै बेग्ल हुन्छ । दक्षिणको समथल तराइदेखि उत्तरका अग्ला पहाड र सेताम्य हिमालले कसको मन लोभ्याउदैन र । यहाँको प्राकृतिक सौन्दर्यता आफैमा अलौकिक छ । विविधताले त्यसै मान्छेको मन खिचेको हुन्छ । कतै विभिन्न खोचहरु छिचोल्दै आफ्नै बेगवान गतिमा वग्ने नदी त कतै लहराउदा झर्ना । एउटै आकारमा शान्त वसिरहने ताल १ तिनले पश्चिमको गौरब र गाथालाई उच्च राखेका छन् ।

    m2

    छिन् छिनमै लाग्ने घाम र बादलको घुम्टो हरिया पहाड र मनै हार्ने कौतुकमय सुन्दरता । जस्तोसुकै मान्छेलाई पनि बसिभूतमा पार्छ । मन र रहर न हो । तराइदेखि जति माथि गयो त्यहाँको हावापानी लवाइ–खवाई चाल–चलन सबै कुरामा बिविधता देख्न सकिन्छ ।
    सुदुरपश्चिम, सुदुरपश्चिम मात्र नभई सुन्दर पश्चिमका रुपमा रुपान्तरण हुदैछ । त्यसैमा बाजुरा जिल्ला भौगोलिक अवस्था र विकासका पुर्वाधारमा पछाडी परेपनि यहाँको प्राकृतिक सौन्दर्यता अतुलनीय छ ।

    बाजुरा जिल्लामा अवस्थित बडिमालिका प्राकतिक रुपमा मात्र सुन्दर छैन यहाँ हजारौको धार्मिक आस्था र विश्वास जोडिएको छ । पर्यटकिय सम्भावना प्रचुर छन तर तिनको व्यवस्थित उत्खनन् र प्रचार–प्रसार हुन सकेको छैन ।

    बाजुरा र कालिकोट जिल्लाको सीमामा रहेको बडिमालिका पर्यटकिय तथा धार्मिक आस्थाको साझा पबित्र स्थल हो । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीको ३ दिनको पैदल यात्रापछि यो मनोरम स्थलमा पुग्न सकिन्छ । चाडपर्वहरुमा बिशेष पुजा हुने भएकाले श्रद्धालु भक्तजनहरुको बाक्लो भीड हुन्छ ।

    Badimaliak 3

    हिउँदमा सेताम्य हिउँ पर्छ, सदैव जसो चिसो सिरेटो चलिरहन्छ । मनछुने बतास, विशाल पाटन र विभिन्न प्रजातीका फुलहरुले यीनको स्वागत गर्ने गर्छन् ।

    यहाँका हरिया डाँडा चिसो बतास र ढकमक्क फुलेका फुलहरुले यहाँ आउने जोकोहीको पनि मन लोभ्याउछ । कहीँकतै ठाडो उकालो कहीँकतै समतर पाटनका फाँटहरु, कही हरियाली घना जँगल, पहरा, घाम पानी चिसो सहदै यो ठाउँमा पुग्दा साच्चीकै स्वर्ग पुगेको अनुभूती र आनन्द हुन्छ ।

    यो एक भू स्वर्ग नै हो । यहाँ पुग्ने कविले जीवनकै सुदर कविता कोर्थे होला । गायकले सुसेल्थे होला जीवनको उत्कृष्ट सुन्दर गित, पर्यटकले मेट्छन होला जीवनकै अनुपम स्थान । यी मनोमहक भीरपाखामा जति पाइला चाल्दै गयो उति रोचक र आनन्द थपिदै जान्छ ।

    Badimalika 13
    ठुला–ठुला पाटन र पाटनभरी ढकमक्क फुलेका विभिन्न प्रजातीका फुलहरु , चरनक्षेत्रमा रमाउदै बस्दै गरेका बस्तुभाउहरु देख्दा जोसुकैको थकान मेटिदै जान्छ । जमिनबाटै उर्फेर छोउँजस्तो लाग्ने बादल, टाउको माथिबाट हिड्ने घाम र मन छोएर जाने बतासले सबैलाई एकपल अर्को संसारमा पुर्याउछ । मन त्यसै चन्चल बन्छ ।

    अग्लो चुचुरोमा रहेको बडिमाईको मन्दिर वरपर विभिन्न प्रकारका सुन्दर फूलहरूले र बाइस पाटन (हरिया फाँट)हरूमा चर्दै गरेका भेडा, बाख्रा, भैंसी आदी पशु चौपायाहरूले यहाँको शोभा बढाएको हुन्छ । त्यस्तै गोठालाहरू र यात्रीहरूको मुखबाट गुन्जिने सुरिला देउडा भाकाले झनै यस ठाउँको सौन्दर्यता बढाउछ ।

    मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ

    7

    बडिमालिका नेपालका प्रमुख तिर्थस्थल मध्यको एक हो । यहाँको प्राकृतिक सुन्दरता भन्दा पनि यसको धार्मिक आस्था अझ बलियो छ । यहाँ वि.स.१९२३ भन्दा पहिले स्थापना भएको भगवतीको मन्दिर छ । यो मन्दिरमा बाजुरा र कालिकोटका पुजारीले संयुक्त रुपमा पुजा सुरु गर्ने चलन छ ।

    पौराणिक कथाअनुसार दक्ष प्रजापतिको यज्ञमा छोरी सतीदेवीले आत्मदाहा गरिन् । महादेवले पत्नी सतीदेवीको शव बोकेर हिड्ने क्रममा मलायागिरी पर्वतमा आइपुगेपछि सतीदेवीको कुम्बदन भयो । त्यहाँ देवी उत्पन्न भइ बडिमालिकाका रुपमा रहेको कथन छ । यो ठाउँमा बडिमालिका मन्दिर स्थापना गरेर पुजा गर्न थालिएको किंबदन्ती छ ।

    000

    त्यस्तै प्राचिन कालमा भगवतीले मैषासुर नामक दैत्यको बद गरिसकेपछि त्रिवेणी, पञ्चपुरी पाटन मल्लपुरी पाटन हुदै बडिमालिकामा बस्न थालिन भन्ने अर्को किंवदन्ती छ । बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ। मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ मेला भर्न आउँछन् । भक्तजनहरूले आफूले मागेको वरदान पूरा हुन्छ भन्ने विश्वास गर्छन् । हालसम्म गंगा दशहरा र जनैपूणिर्मा गरी वर्षको दुईपटक मात्र चल्दै आएको औपचारिक मेलाका कारण बडीमालिकाको महत्व सीमित छ ।

    बडिमालिकाको पुर्वमा अवस्थित त्रिवेणीमा दुई वटा खोला छन् गँगा र जमुना । त्यहाँ नुहाउदा रोग पाप पखालिने र अस्तु विसर्जन गर्दा पृति स्वर्गमा पुग्छन् भन्ने जनविश्वास छ ।जीवनमा एकपटक सबैले बडिमालिकाको दर्शन गरे सवै कुराहरुबाट मोक्ष प्राप्त हुने विश्वासका साथ हजारौ तिर्थालुहरु यहाँ आउने गर्दछन् ।

    66

    1 2

    2 3

    3 1

    4

    5

    7 1

    6

    Badimalika 1 1

    तस्विर: सामाजिक संजाल फेसबुकबाट 

     

     

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images