images
images
  • सर्वाधिक गोलकर्ता भारतका सुनिल क्षेत्रीले ७४ गोल पुर्‍याउँदै मेस्सीलाई पनि पछाडि पारे


    काठमाडौँ । भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका स्ट्राइकर सुनिल क्षेत्रीले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ७४ पुर्‍याउँदै अर्जेन्टिनाका लियोनल मेसीलाई पछाडि पारेका छन्।

    विश्वकप फुटबल २०२२ को एसियाली छनौटको दोस्रो चरणमा सोमबार राति भारतले बंगलादेशलाई २-० गोलले हराउँदा दुवै गोल क्षेत्रीले गरेका थिए। अर्को खेलमा नेपालले जोर्डनसँग ३-० गोलको पराजय ब्यहोरेको थियो।

    सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा ३६ वर्षीय क्षेत्री १० औँ स्थानमा छन्। इरानका अली दाई एक सय ९ गोल गर्दै शीर्षस्थानमा छन्।

    हाल सक्रिय खेलाडीमध्ये पोर्चुगलका क्रिष्टियानो रोनाल्डो एक सय ३ गोलसहित शीर्षस्थानमा छन्। सक्रिय खेलाडीको हकमा क्षेत्री, रोनाल्डोपछि दोस्रो स्थानमा छन्। यूएईका अलि माबखौत ७३ गोलसहित तेस्रो र मेस्सी ७२ गोलसहित चौथो स्थानमा छन्। ६३ गोल गरेका उरुग्वेका लुइस स्वारेज पाचौँ स्थानमा छन्।

    क्षेत्री सन् २००५ यता भारतको सिनियर राष्ट्रिय टोलीमा छन् र उनले एक सय १७ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। मेस्सीले अर्जेन्टिनाका लागि एक सय ४३ सिनियर अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनी पनि सन् २००५ यता सिनियर राष्ट्रिय टोलीमा छन्।

    दक्षिण एसिया राष्ट्रहरुमध्ये सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीमा मालदिभ्सको हकमा अली असफाकले ५३, बंगलादेशको हकमा असरफ उद्धिन अहमद चुन्नुले १७, श्रीलंकाको हकमा कसुन जयसुर्याले २७ र भुटानको हकमा चेन्चो गेलट्सेनले १० गोल गरेका छन्। पाकिस्तानको हकमा मोहम्मद एस्साले ११ गोल गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images