images
images
  • घट्यो भारतमा कोरोना संक्रमण दर

    काठमाडौं । भारतमा कोरोना संक्रमणको दर घटेको छ । अघिल्लो २४ घण्टामा १ लाख १४ हजार ४६० कोरोना संक्रमित थपिएको भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६३६ संक्रमित थपिएका छन् ।

    संक्रमितको यो संख्या दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि एकैदिन संक्रमण भएको सबैभन्दा कम हो ।

    पछिल्लो २४ घण्टामा भारतमा २ हजार ४२७ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा २ हजार ६७७ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

    विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा क्रमशः संक्रमण कम हुँदै गएको छ । मे ७ मा भारतमा एकैदिन सबैभन्दा धेरै ४ लाख १४ हजार १८८ जना कोरोना संक्रमित भएका थिए ।

    भारतमा हालसम्म २ करोड ८९ लाख ९ हजार ९७५ जनामा कोरोना संक्रमण भइसकेको छ । ३ लाख ४९ हजार १८६ संक्रमितको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images