images
images
  • फिफा विश्वकप छनौटमा नेपाल जोर्डनसँग पराजित

    काठमाडौँ । फिफा विश्वकप-२०२२ को छनौट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।कुवेतमा सोमबार राति सकिएको खेलमा नेपाल जोर्डनसँग ३-० गोलले पराजित भएको हो ।

    जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गर्दा याजन अल अरबले एक गोल गरे । जितसँगै समूह ‘बी’ को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

    नेपाल ७ खेलमा ६ अंकका साथ चौथो स्थानमा रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग शुक्रबार खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images