images
images
  • अपराध अनुसन्धानमा सघाएको भन्दै नेपाल प्रहरीले एनसेललाई गर्‍यो सम्मान

    काठमाडौं- नेपाल प्रहरीअन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पु¥याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई सम्मान गरेको छ।कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मूल्यांकन स्वरुप प्रशंसा पत्र प्रदान गरको हो।

    काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले प्रशंसा पत्र प्रदान गरेका थिए।एनसेलले सामाजिक उत्तरदायी संस्थाका रूपमा सुरक्षा र अन्य सरकारी निकायलाई कानुनबमोजिम आवश्यक सहयोग प्रदान गर्दै आएको जनाएको छ।

    एनसेलले यो सम्मान समुदाय र जनताको हितका लागि कम्पनी काम गर्न प्रतिबद्ध रहेको छ भन्ने प्रमाण भएको प्रतिक्रिया दिएको छ। नेपाल प्रहरीले प्रहरी दिवसको अवसरमा २०७८ र २०७९ सालमा पनि एनसेललाई सम्मान गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images