काठमाडौं- नेपाल विद्यार्थी संघका दुई केन्द्रीय सदस्यले सदस्याता त्यागेका छन् ।
७१० सदस्यीय समिति बनाउँदा समेत समावेशी बनाउन नसकेको र महिला प्रतिनिधित्व उचित रुपमा नगराएको भन्दै एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय सदस्य पद त्यागेका हुन् ।
नेविसंघले साख गुमाउँदै गएको र नेतृत्वले नेविसंघलाई व्यक्तिगत अनुकम्पको संस्था बनाउन खोजेको आरोप पनि लगाउँदै उनीहरुले पद त्यागेका हुन् ।
केन्द्रीय समितिमा समावेशिता र महिला सहभागिताको विषयले संगठनलाई नै प्रतिरक्षात्मक बनाइदिएको उनीहरुको आरोप छ ।
नेतृत्वमा स्थापित नयाँ पुस्तामाथि विश्वास गर्दै नयाँ पुस्ताकै आँखाबाट नेविसंघ बनाउन आवश्यक सहयोग गर्ने उनीहरुले उल्लेख गरेका छन् । अहिलेको केन्द्रीय समितिमा भने नरहेको उनीहरुले घोषणा गरको छन् ।
यसअघि काठमाडौं जिल्ला अध्यक्ष मनीष डंगोलले समेत केन्द्रीय सदस्य बन्न अस्वीकार गरिसकेका छन् । उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरेर अध्यक्ष दुजाङ शेर्पाले अंशुल केसीलाई अध्यक्ष बनाएपछि आफू जिल्ला अध्यक्षमै बहाल रहेको भन्दै डंगोलले कार्यसमितिमा ५० जना सदस्यसमेत विस्तार गरेका छन् ।























