images
images
  • वास्तविक प्रतिवादी नपाइएपछि डा.रञ्जित यादव थुनामुक्त

    काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका डा.रञ्जित कुमार यादव थुनामुक्त भएका छन् ।

    नक्कली डाक्टरविरुद्ध अभियान नै चलाएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यादव सक्कली नै भएको थाहा पाएपछि थुनामुक्त गरेको हो ।

    नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई सोमबार पठाएको थियो। काउन्सिलको उक्त पत्रपछि सीआईबीले उनलाई छाडेको हो ।

    कांग्रेस सांसद सुनिल शर्मासहितका डाक्टरहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । भोलिपल्ट जिल्ला अदालत, काठमाडौँले उनलाई हिरासतमा राख्न अनुमति दिएन । अरूलाई भने हिरासतमा राख्न अनुमति दिएको थियो ।

    यादव छुटेसँगै प्रकरणमा अब ६ जना सीआईबी हिरासतमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images