images
images
  • नेकपा एसलाई पार्टी जोगाउनै गाह्रो, ३६ जना नेता कार्यकर्ता एमालेमा प्रवेश

    काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका युवा संघ अनुशासन आयोगका अध्यक्ष एवम् भक्तपुर जिल्ला सचिवालय सदस्य दिपक थापा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममार्फत् पार्टीमा स्वागत गरेका हुन् ।

    नेता थापासहित युवा संघ केन्द्रीय सचिवालय सदस्य एवम् भक्तपुर जिल्ला इञ्चार्ज तेजबहादुर श्रेष्ठ, युवा संघ केन्द्रीय सचिवालय सदस्य युवराज खड्का लगायत ३६ जना नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।

    पछिल्लो समय नेकपा एसका नेता कार्यकर्ता एमालेमा फर्किने क्रम बढ्दो छ । शनिबार मात्रै पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर एमाले फर्किएकी थिइन् ।

    उनीसहित एमाले प्रवेश गर्ने नेकपा एसका केन्द्रीय सदस्यको संख्या ३१ पुगेको थियो । एमालेबाट विभाजन हुनुको औचित्य पुष्टी गर्न नसकेको भन्दै नेकपा एसका नेता कार्यकर्तामा बढ्दो निराशा छ ।

    पछिल्लो समय निरन्तर नेता तथा कार्यकर्ताहरुले नेकपा एस छोडेर एमालेमै पर्किने क्रम क्रम बढ्दै गएकाले. पार्टी जोगाउनै मुस्किल भएको छ ।

    2 5

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images