काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली सर्टिफिकेटधारी थप एक जना डाक्टरलाई मोरङबाट पक्राउ गरेको छ।
सीआईबीले मनित चौधरीलाई शुक्रबार बिहान पक्राउ गरेको हो। मनितले प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेको सीआइबीले जनाएको छ। उनी फार्मेसी खोलेर त्यसैमा आफ्नो क्लिनक संचालन गर्दै आएका थिए।
बिहीबार सिआइबी टोलीलले कांग्रेसका सांसद एवं मेडिकल व्यवसायी शर्मालाइ शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा उनको काठमाडौं गोल्फुटारस्थित घरबाट पक्राउ गरेको थियो ।
यस्तै गए राति (शुक्रबार) धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा शिल्पकार पनि पक्राउ परेकी छन् । शिल्पकार ललितपुर नगपालिका १८ हात्तिबन निवासी हुन्। उनलाई निवासबाटै पक्राउ गरिएको सीआईबीले जनाएको छ। उनको प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै सीआईबीलेअनुसन्धानको लागि पक्राउ गरेको बताइएको छ।
यसअघि बिहीबार र शुक्रबार राति गरी नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध चलाएको अपरेसनमा काँग्रेस सांसद् सुनिल शर्मा सहित ६ जना चिकित्सक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शर्मासहित डा.रामबाबु यादव, डा.रञ्जित यादव, डा.एलिना साह र डा.अमित चौधरी र डाश्रद्धा शिल्पकारलाई सीआईबीले हिजो पक्राउ गरेको रहेका छन् ।
उनीहरू सबै नक्कली शैक्षिक प्रमाणपत्रहरूको अनुसन्धान गर्न सञ्चालन गरेको ‘चार्ली फोक्टर’ अन्तर्गत पक्राउ परेका हुन्। नक्कली डाक्टर र नक्कली शैक्षिक प्रमाणपत्रधारी खोज्न सिआइबीले अपरेसन ‘चार्ली फोक्टर’सञ्चालन गरेको छ।


विश्व खबर 



















