images
images
  • सर्लाहीको लखन्देही खोलामा युवकको टाउको भेटियो, शरीर खोज्दै प्रहरी

    सर्लाही- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–४ स्थित लखन्देही खोलाको पुलमुनि बिहीबार बिहान एक युवकको टाउको मात्र फेला परेको छ ।

    लखन्देही पुलबाट करिब ५० मिटर दक्षिण खोला किनारमा शरीरबाट अलग्गिएर फालिएको अवस्थामा टाउको मात्र फेला परेको हो ।

    ‘घाँटीमा धारिलो हतियारले काटेर छिनाएको अवस्थामा टाउको मात्रै फेला परेको छ। हामी त्यो टाउकोबाट छुट्याइएको शरीर खोजिरहेका छौँ’, उपरीक्षक नरेशराज सुवेदीले  भने

    पुलमुनिको खेलामा टाउको मात्र देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलामा फेला परेको टाउको उठाएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

    फेला परेको टाउकोमा माटो लागेकाले माथिल्लो भेकबाट खोलाले बगाएर ल्याएको अथवा कसैले गाडीमा ल्याएर टाउको फालेको हुनसक्ने उपरीक्षक  सुवेदीले बताए ।

    घटनाबारे सिन्धुली प्रहरीलाई पनि जानकारी गराइएको र शरीरको अन्य भागको खोजतलासका लागि लखन्देही आसपासका सम्पूर्ण युनिटलाई परिचालन गरिएको प्रहरी उपरीक्षक सेवेदीले जानकारी दिए । उनले घटनाको सूक्ष्म तरिकाले अनुसन्धान सुरु भएको बताए ।

    एनका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको भर्खरै हत्या भएको जस्तो देखिन्छ । घटनास्थलमा अहिले सुवेदी आफै पुगेर अनुसन्धान थालेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images