काठमाडौं- मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् ।
मदन पुरस्कार गुठीले ३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक गरेको हो ।
गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३ सय १३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो। यी ५ मध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछन्।
उत्कृष्ट ५ मा छनोट हुन सफल कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेको मदन पुरस्कार गुठीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















