images
images
  • कृष्णनगरका कर्मचारीविरुद्ध भ्रष्टाचार, १ करोड ५५ हजार बढी बिगो दाबी

    काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौँ तहका कर्मचारी साकिर अहमदविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दामा अहमदसँग एक करोड ५५ लाख ७९ हजार ६९५ रुपैयाँ बिगो दाबी गरिएको छ । अहमदले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

    अनुसन्धानमा अहमद सरकारी सेवामा प्रवेश गरेको २०४८ माघ १५ गतेदेखि २०७८ असोज ३० गतेसम्मको अवधिमा एक करोड १६ लाख ५३ हजार ९५७ रुपैयाँ वैद्य आय गरेको देखिएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
    सोही अवधिमा उनले गरेको खर्च र लगानी दुई करोड ७२ लाख ३३ हजार ६५२ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ ।

    उनले गरेको कमाइ र खर्चमध्ये एक करोड ५५ लाख ७९ हजार ६९५ रुपैयाँको वैद्यानिक स्रोत नदेखिएकाले मुद्दा दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images