जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाभित्रको शैक्षिक संस्था एक साताको लागि बन्द भएको छ । आइतबारदेखि यही साउन २६ गतेसम्म उपमहानगरभित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामको विद्यालयहरु एक साताको लागि बन्द गरिएको हो ।
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द रहने जनाइएको छ ।
एक साताका लागि जनकपुरधाम उपमहानगरमा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, शिक्षण संस्थाहरु बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















