काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ । काठमाडौँमा कार्यरत रहेका कर्मचारीहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर सरुवा गरिएको हो ।
यो सरुवासँगै निमित्तका भरमा चल्दै आएका मधेश प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव वेदराज फुयाँललाई नगराइन नगरपालिका धनुषाको प्रमुख प्रशासकीय अधिकृत बनाएर सरुवा गरिएको छ ।
धनुषाकै विदेह नगरपालिकामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका काजीबहादुर विष्टलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरिएको छ ।
भूमि व्यवस्था मन्त्रालयकै देवीबहादुर भण्डारीलाई मिथिला बिहारी नगरपालिका धनुषामा, अनन्त कुमार बस्नेतलाई बरहथवा नगरपालिका सर्लाहीमा र योगेन्द्र दुलाललाई कटहरिया नगरपालिका रौतहटमा सरुवा गरिएको छ ।
राष्ट्रिय योजना आयोगका डा। नारायण पौडेललाई गोलबजार नगरपालिका सिराहामा र प्रधानमन्त्री कार्यालयका ज्ञानहरि घिमिरेलाई धनुषा नगरपालिका धनुषामा सरुवा गरिएको छ ।
सूची :
























