images
images
  • अधिवक्ता पाण्डेलाई कारबाहीको माग गर्दै काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा

    काठमाडौं-  काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा भएको छ । अधिवक्ता भगवती पाण्डे ‘शीतल’पक्राउको माग गर्दै ढुंगामुढा भएको हो ।

    प्रदर्शन गर्ने २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल मगर संघ र नेपाल तामाङ संघले परिसरअगाडि प्रदर्शन गर्ने क्रममा ढुंगामुढासमेत गरेकोले उनीहरुलाई पक्राउ गरिएको हो।

    अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायप्रति लक्षित गरी विवाहबारे दिएको अभिव्यक्तिको विरोध जनाउँदै दुई संघले प्रहरी परिसरअगाडि प्रदर्शन गरेका हुन्। ।

    ढुंगामुढा गर्दै परिसरकै कामकारबाहीमा अवरोध गरेपछि २८ जनालाई पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार पक्राउन पर्नेमा २२ जना पुरूष र ६ जना महिला छन्।

    उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी भने लिइसकेको छ । केही दिनअघि पाण्डेले तामाङ र मगर समूदायमा दाजुभाइबीच विवाह हुने र त्यसैबाट आपराधिक गतिविधि बढ्ने धारणा सार्वजनिक गरेकी थिइन् ।

    1

    2 1

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images