images
images
  • मधेशमा कांग्रेसका समिम र जनमतका सिंह मन्त्रीमा नियुक्त

    जनकपुरधाम-  मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् ।

    नेपाली काँग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमत पार्टीबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।

    नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

    मधेश सरकारले आज छैठौं पटक मन्त्री परिषद विस्तार गरेको हो । योसँगै मन्त्री परिषदले पुर्णता पाएको छ । भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images