images
images
  • सय केजी तस्करी प्रकरण- भियना होटलका सञ्चालक छिरिङ पक्राउ

    काठमाडौं- राजश्व अनुसन्धान विभागको टोलीले रातभर छापा मारेको ठमेलको होटल भियनाबाट एक जना सञ्चालकलाई पक्राउ गरेको छ । दावा छिरिङलाई पक्राउ गरिएको विभागका एक अधिकारीले जानकारी दिए ।

    उक्त होटलमा सुन प्रकरणमा जोडिएका व्यक्तिको खोजीका लागि भन्दै विभागको टोलीले बिहानपखसम्म छापा मारेको थियो ।

    यसअघि सोही प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् । छिरिङ पक्राउपछि १८ जना विभागको नियन्त्रणमा रहेको ती अधिकारीले जानकारी दिए ।

    होटलबाट विभागको टोलीले केही सामग्रीहरु पनि बरामद गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images