images
images
  • सशस्त्रद्धारा बाढीमा फसेका ४ जनाको सकुशल उद्धार

    काठमाडौं- कास्कीको पोखरा महानगरपालिका-१३, काहुँखोला साझास्थित विजयपुर खोलाको बाढीमा फसेका चारजनाको शनिबार राति सकुशल उद्धार गरिएको छ ।

    सशस्त्र प्रहरीको टोलीले २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदिप गुरुङ, २८ वर्षीय अर्जुुन वि।क। र १९ वर्षीय क्षितिज नेपालीको उद्धार गरेको हो ।

    निर्माणाधीन पानी ट्यांकी बोरिङको प्रतिक्षालयमा बसिरहेको उनीहरू एक्कासी आएको बाढीमा फसेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।

    निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासी आएको बाढिमा फसेका थिए । सो बारे जानकारी पाउनासाथ नं। २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिई उनीहरुको सकुशल उद्वार गरेको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी दिएका छन।

    प्रतिक्रिया दिनुहोस्
    images
    images