विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्रीका लागि ४ दिनभित्र दाबी पेश गर्न दलहरुलाई आह्वान गरेको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसा कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
सर्वोच्च अदालतले भने सरकार गठनका लागि दाबी पेस गर्ने समय १७ गतेसम्म दिएको छ । खापुङले भने उक्त समयभन्दा एक दिनअगावै मुख्यमन्त्रीमा दाबी पेश समय दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्





















