फिदिम- मेची राजमार्ग स्थित पाँचथरको फिदिम २ कृष्ण मन्दिर नजिकै जिप दुर्घटना भएको छ। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाको छ। दुर्घटनामा परी घाइते भएका उनको पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। जिपमा सवार १३ जना घाइते भएका छन्।
झापादेखि फिदिमतर्फ आइरहेको मे १ ज १९४१ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















