• काठमाडौंमा जेठ २५ देखि २९ गतेसम्म चाइनिज भेरोसेल खोप लगाइने


    काठमाडौं । काठमाडौं नगरपालिकाले कोभिड –१९ विरुद्धको चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने भएको छ ।

    काठमाडौं महानगरपालिको खोप तालिका सार्वजनिक गर्दै जेठ २५ गतदेखि जेठ २९ गतेसम्म बसोबास गरिरहेको वडा नजिकको खोप केन्द्रमा खोप लगाइने जनाएको छ ।

    ६४ वर्ष उमेरकालाई जेठ २५ गते, ६३ वर्षको लागि जेठ २६ गते, ६२ वर्षकोलाई जेठ २७ गते, ६१ वर्षकोलाई जेठ २८ गते र ६० वर्षकोलाई जेठ २९ गते लगाइने भएको छ ।

    बिहान १० देखि ४ बजेसम्म खोप केन्द्रमा खोप लगाइने भएको छ । उमेर खुलेको फोटोसहितको सरकारी कागजात लिएर तोकिएको मितिमा खोप लगाउन भनिएको छ ।कोभिड–१९ संक्रमण भएका व्यक्तिलाई १ महिनापछि खोप लगाउन भनिएको छ । भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो खोप नलगाइने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्