काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाँणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
‘कुनै पनि भ्रष्टाचारलाई काँग्रेसले पृष्ठपोषण गर्न सक्दैन। कुनै पनि स्वरूपको भ्रष्टाचारलाई काँग्रेसले काँध थाप्न सक्दैन। र, हुँदैन पनि। भ्रष्टाचार हो र होइन भन्ने टुङ्गो लगाउने काम अदालतलाई छोडिदिनुपर्छ। उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















