images
images
  • अनामनगरको ‘भद्रकुमारी घले सेवा सदन’मा महानगरले चलायो डोजर

    काठमाडौं- काठमाडौंको अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले बुधबार डोजर चलाएको हो ।

    सदनले बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालयसहितका संरचना बनाएको छ । यसअघि महानगरपालिकाले सदनलाई तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।

    सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ। उक्त भवनमा आश्रम सञ्चालन गरिराखेको थियो । त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको थियो । यो आश्रम २०६२ सालमा सञ्चालन गरेको थियो ।

    भद्रकुमारी घलेले संग्रहालयमा भएको आफनो सामान सुरक्षित साथ घरमा पुयाईदिन आग्रह गरेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

    उनले भने,‘उहाँ आमाले नै मलाई फोन गरे मेरो महानगरको अभियानमा मेरो समर्थन छ । मेरो सामानहरु सुरक्षित घरमा पुयाईदिनु भन्नुभएको छ । नगरप्रहरीले गाडी बोलाएर संग्रालयको सामान घरमा पुयाईदिन लागेकोछ । ’ सदनमा रहेको अनधिकृत संरचना सबै हट्ने उनले बताए ।

    आजदेखि अभियान सुरु भएको उनको भनाइ छ । यहाँ आश्रममा बसेकाहरुलाई मानव सेवा आश्रममा पठाइने उनले बताए । साथै यहाँ रहेको विद्यालयको व्यवस्थापन महानगरको शिक्षा विभागले गर्दैंछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images