images
images
  • सप्तकोसीमा ट्रक खस्यो, तीनजनाको नदीबाट उद्धार

    काठमाडौं । कोसी ब्यारेजबाट मालवाहक ट्रक सप्तकोसी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ख ३००७ नम्बरको ट्रक खसेको हो ।

    उक्त ट्रक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १७६५ नम्बरको बससँग ब्यारेजको पुलमा ठोक्किएको थियो ।

    शुक्रबार बिहान यात्रु लिएर बस काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै थियो । ट्रकमा सवार चालकसहित तीनजनाको नदीबाट उद्धार गरिएको छ । एकजना यात्रुलाई सामान्य चोट लागेको छ ।

    पुलमा ट्रक धसारिँदा पुलको १० मिटरजति भाग भत्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए ।

    दुर्घटनाबाट कोसी ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको र त्यही भागबाट ट्रक नदीमा खसेको ढकालले बताए । ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images