चितवन- मुग्लिन–नारायणगढ सडक खण्डमा फेरि सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला नजिकै सोमबार दिउँसो पौने २ बजेतिर सुख्खा पहिरो खस्न थालेको हो ।
सडकको पहिरो हटाउन मुग्लिनबाट प्रहरी टोली अहिले घटनास्थलमा पुगेको बताइएको छ । साथै सडक डिभिजन भरतपुरसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा बारम्बार पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ ।
पछिल्लो शनिबार दिउँसो पनि पहिरोले सडक अवरुद्ध हुँदा आइतबार बिहान मात्रै सडक खुलाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्






















