काठमाडौं- काठमााडौंमा विद्यार्थी कुटेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
चन्द्रागिरि नगरपालिका–१ को श्रीकृष्ण माविमा विद्यार्थी कुटपिट गरेको आरोपमा महानगरीय प्रहरी प्रभाग बलम्बुले शिक्षकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा शिक्षक एकराज पण्डित रहेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइत भएकी विद्यार्थीलाई ओम समाज अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्






















