images
images
  • सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु

    सल्यान- सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रोल्पाको गंगादेब गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगीको मृत्यु भएको छ । उक्त घटनामा बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।

    विहिबार बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्र्तगत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला स्थित दाङ तुलसीपुर बाट रोल्पा जाँदै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभि प्रसारण लाईनको विद्युतको पोल सर्पोटको लाछि छेउमा गाडिएको तार९स्टे०मा छोईदा करेन्ट लागेर २ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी सुचना तथा प्रहरी निरिक्षक गोपाल श्रेष्ठका अनुसार १८, २० जना सवार रहेकोमा २ जनाको मृत्यु र एक जना घाईते भएका छन भने अन्य यात्रु सकुशल रहेको छन् ।

    घाईतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images