images
images
  • आजको मौसम : ठाउँठाउँमा वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

    काठमाडौँ । मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।

    जल तथा मौसस पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भेगमा आंशिक बदलीको अवस्था छ ।

    आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । आजै राति प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बुधबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

    यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

    जेठ २४ गते सोमबार

    दिउँसो: प्रदेश १, २ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति : पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    जेठ २५  गते मंगलबार

    दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति: पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    जेठ २६  गते बुधबार

    दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images