images
images
  • वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख नाघ्यो

    काठमाडौं- वैदेशिक रोजगारीका लागि अहिलेसम्मकै सबैभन्दा धेरै जनाले श्रम स्वीकृति लिएका छन् ।

    चालु आर्थिक वर्षको असार १६ गतेसम्म सात लाख ४० हजारभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    श्रम स्वीकृति लिएर प्रत्येक महिना ६० हजारभन्दा बढी युवाहरू विभिन्न मुलुकमा पुग्ने गरेको तथ्यांक विभागको छ ।

    यो सँगै हालसम्म सात लाख बढीले श्रम स्विकृतीको अनुमती पाएका छन् ।

    आर्थिक वर्ष २०५/५१ मा ३ हजार ६ सय ५ जनाले श्रम स्वीकृति लिएकोमा आर्थिक वर्ष २०७८÷७९ यता वैदेशिक रोजगारीमा जानेको संख्या फेरि बढ्न थालेको हो ।

    यो वर्ष ६ लाख ३० हजार भन्दा बढीले श्रम स्वीकृति लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images