images
images
  • आज श्री एयरलाइन्सका सबै उडान स्थगित

    काठमाडौं- श्री एयरलाइन्सले आज (आइतबार)का सबै उडान स्थगित गरेको छ ।

    एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिबार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको छ ।

    सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।

    सोमबारदेखि भने सबै उडान नियमित रुपमा सञ्चालन हुनेछन् ।

    शनिबार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।

    सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एअरलाइन्सले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images