काठमाडौं- भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट सर्लाहीमा दुई जनाको मृत्यु भएको छ ।अन्य ४ जना गम्भीर घाइते भएका छन् ।
गए राति भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा चलाएको गोलीबाट सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्बासका ४२ वर्षीय राजेश पासवान र सोही उमेरका रुमाले पासवानको मृत्यु भएको जनाइएको छ ।
गोली लागेर पुनर्वासकै अन्य ४ युवा पनि गम्भीर घाइते भएका छन् । घाइतेहरूको परिचय खुलेको छैन । घटनाको स्वतन्त्र पुष्टि भइसकेको पनि छैन ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















