images
images
  • सशस्त्रद्धारा श्रोत नखुलेको ७ लाख ६ हजार रुपैँयासहित एक जना पक्राउ

    बारा- बारा जिल्लाको कलैया उपमहानगरपालिका १० मटिअर्वास्थित सीमा ईलाकाबाट श्रोत नखुलेको ७ लाख ६ हजार ७ सय पच्चीस रुपैयाँ र एउटा मोटरसाईकलसहित सशस्त्र प्रहरीले असार ६ गते एक जनालाई नियन्त्रणमा लिएको छ ।

    बिशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वा (बिओपी मटिअर्वा) ले सोही उपमहानगरपालिका ८ बस्ने ४५ बर्षिय मदनकुमार मिश्रलाई नियन्त्रणमा लिएको छ ।

    ना ३७ प ९७३५५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मिश्रलाई शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।

    नियन्त्रणमा लिइएका मिश्रलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

    अबैध काठ बरामद
    कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका ५ स्थित कटनियाबाट १ लाख ४ हजार रुपैयाँ बराबरको अबैध काठ असार १० गते सशस्त्र प्रहरीले बरामद गरेको छ ।

    अबैध रुपले ल्याई लुकाईछिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको ८० क्विन्टल सिसौ र सगुन जातको स्टिप काठ बिओपी बिजयनगरले बरामद गरेको छ । बरामद काठ सव डिभिजन बन कार्यालय ठाकुरापुर कपिलबस्तुमा बुझाइएको छ ।

    kaath

    प्रतिक्रिया दिनुहोस्
    images
    images