काठमाडौं- नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले कार्यालयको सम्पर्कमा नरहेका १९ प्रहरीलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदासमेत सम्पर्कमा नरहेका प्रहरीलाई सातदिनभित्र सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन सूचनामार्फत अनुरोध गरेको छ ।
आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।
हेर्नुस् सूचना :

प्रतिक्रिया दिनुहोस्






















