images
images
  • कारागारमा अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीको आक्रमण, असई घाइते

    धनगढी- कैलाली कारागारमा अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीमाथि कैदीबन्दीहरुले आक्रमण गरेका हुन् ।

    शनिबार कैदीबन्दीको आक्रमणबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई)भूपेन्द्र सामन्त घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले अनुगमन सकेर निस्किने क्रममा समान्य धकेलाधकेल भएको बताउदै सोही क्रममा प्रहरी सहायक निरीक्षक सामन्तमाथि चोट लागेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images