images
images
  • अमेरिका जान लागेका २८ जना नेपाली प्रहरीको नियन्त्रणमा

    काठमाडौं-अवैध रूपमा अमेरिका जान लागेका २८ जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    शुक्रबार अवैध रूपमा अमेरिका जान लागेका नेपालीलाई अजरबैजानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

    अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले नेपालीहरूलाई फर्काउने विषयमा शुक्रबारै पहल गरिएको जानकारी दिए ।

    १० लाख रुपैयाँ लिएर झुक्याएर पैसा उठाउँदै विदेश लान खोजेको सूचना दूतावासलाई प्राप्त भएको राजदूत मिलन तुलाधरले बताए ।

    अजरबैजानमा सीमापार गर्न खोज्दा केही नेपाली नागरिक समातिएको र उनीहरू सुरक्षाकर्मीको नियन्त्रणमा रहेको नयाँदिल्लीस्थित अजरबैजानको दूतावासले दिल्लीमै रहेको नेपाली दूतावासलाई जानकारी दिएको थियो ।

    नेपाली दूतावास दिल्लीबाट मस्कोमा रहेको नेपाली दूतावासलाई त्यसबारेमा जानकारी गराएपछि नेपालीहरूको उद्धारका लागि गृहकार्य गरेको हो । नेपालीहरू छिट्टै सुरक्षित रूपमा घर फर्कन राजदूत तुलाधरले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images