images
images
  • नेपाली सेनालाई सीमा सुरक्षाको जिम्मा दिन संसदमा माग

    काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमालेका सांसद रघुवीर महासेठले सीमाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने माग गरेका छन् ।

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् । नेपाली सेनालाई उद्योग व्यापारमा लगाउन नहुने भन्दै उनले सीमा मिचिने क्रम नरोकिएकाले सुरक्षाका लागि अब नेपाली सेनालाई जिम्मा दिनुपर्ने बताए ।

    ‘हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको छ । पहिला त्यस्तो स्थिति थिएन । आज हामीले जसलाई जिम्मा लगाएका छौं, कहीं कहीं नापीका हाकिमहरु त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ । भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ । हिजो मैले के, कसरी सही गरें, उहाँहरुलाई थाहा हुँदैन । त्यसैले सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन । पहिला पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नापजाँच उहाँहरुको जिम्मा थियो,’ बैठकमा उनले भने ।

    सेनाको संख्याबारे राष्ट्रिय सहमति आवश्यक
    एमाले अर्का सांसद तारा लामा तामाङले नेपाली सेना देशको गौरव गर्न लायक संस्था भएको भन्दै उनले यसको संख्याको बारेमा विभिन्न टिका टिप्पणी हुने गरेकोले यस बारेमा राष्ट्रीय सहमति हुनुपर्ने धारणा राखे ।

    तामाङले संसद बैठकमा बोल्दै भने ‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुपुर्व सेनाको संख्या १० हजार भए हुन्छ किन यति ठुलो सेना चाहियो भन्ने अभिव्यक्ति दिनुहुन्थ्यो । त्यसैले उहां अहिले प्रधानमन्त्री हुंदा यो विषय उठेको हुनसक्छ । हैन भने यसको विषयमा गैरजिम्मेवार हिसावले बोल्नु हुंदैन । सेनाको संख्याबारे हामिले राष्ट्रिय सहमति गर्न आवश्यक भइसकेको छ ।’
    उनले नेपाली सेनालाई समेत अहिलेको समयअनुकुल चल्न सुझाव दिए ।

    सैनिक नेतृत्वले समेत सेनाका सबै सदस्यहरुलाई अभिवाकत्व प्रदान गर्नुपर्ने भन्दै उनले सेनाभित्रका गलत विषयको संसदमा आवाज उठनुपर्ने धारणा राखे ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images