images
images
  • महानगरको नीति तथा कार्यक्रमः यस्ता छन् बालेनका गौरव र स्वर्णिम योजना (पूर्णपाठ)

    काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार महानगरका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

    नीति तथा कार्यम्रकम महत्त्वाकांक्षी योजना समेटिएका छन् । महानगरले कम्तीमा पाँचहजार नयाँ रोजगारीको सिर्जना गर्ने, स्थानीयस्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत वस्तुहरूको ब्रान्डिङ गरी निर्यात गर्नेसहित योजना अघि सारेको छ ।

    यसैगरी काठमाडौंलाई सांस्कृतिक तथा पर्यटनमैत्री सहर बनाएर पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिइएको छ ।

    महानगरपालिकाको दीर्घकालीन सोच ’सांस्कृतिक सहर, समृद्ध महानगर’ लाई केन्द्रमा राखेर सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुबानरहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौं निर्माण गर्ने भनिएको छ ।

    महानगरले ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ १० वटा गौरवका योजना अघि सारेको छ । त्यस्तै महानगरबासीका दिनदैनिक समस्या समाधानका लागि स्वर्णिम योजना ल्याइएको छ । शिक्षासम्बन्धी कार्यनीतिअन्तर्गत गरिखाने शिक्षा, महानगरको इच्छा अघि सारिएको छ ।

    यस्तै विद्यालयलाई सुन्दर, कलात्मक र हरियालीयुक्त बनाउन सुन्दर विद्यालय परियोजना सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ता पनि परिचालनको योजना ल्याइएको छ ।

    २० वर्षे रणनीतिक विकास योजनासहितको मिसन २१०० स्वर्णिम योजना तर्जुमा गरी कार्यान्वयन गरिने पनि उल्लेख गरिएको छ ।

    हेर्नुहोस् पूर्णपाठ:

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/06/Mahanagar-policy.pdf

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images