काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले किसानहरुसँग कृषिवस्तु खरिद सम्झौता हुनुपर्ने बताएका छन्।
आइतबार कालिमाटीमा किसानहरुले उचित बजार भाउ नपाएको भन्दै बाटोमै गोलभेंडा फालेर विरोध गरेपछि सोमबार ओलीले किसानले मेहेनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको दृश्य देख्दा मन थाम्न मुश्किल भएको फेसबुक स्टाटस लेखेका छन्।
‘कृषिवस्तु खरिद सम्झौता हुनुपर्छ भनेर हामीले घोषणा पत्रको २० ग्यारेन्टीमा भनेका थियौं पनि। जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौं, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौं,’ ओलीले लेखेका छन्।
उनले एकातर्फ करिब ४०० अर्बको कृषिजन्य वस्तु आयत गर्ने र अर्कोतिर आफ्नो कृषि उत्पादनले मूल्य नपाएर सडकमा फालिएको लेखेका छन्।
बजार भाउ नपाएको भन्दै कालीमाटी तरकारी बजामा किसानहरुले गोलभेडा फ्याँकेका छन्।






















