images
images
  • कालीमाटी सडकमा ३० हजार किलो गोलभेँडा फ्याँकियो

    काठमाडौं- बजार मूल्य नपाएको भन्दै काठमाडौंको कालीमाटी तरकारी बजारस्थित सडकमा गोलभेँडा फ्याँकेर किसानले विरोध जनाएका छन् । खपत नभएको र उचित मूल्य नपाएको भन्दै उनीहरूले आइतबार बिहान सडकमा गोलभेँडा फ्याँकेका हुन् ।

    नेपालमा उत्पादित गोलभेँडाको खपत कम भएको र मूल्य पनि नपाएको किसानले बताएका छन् । गोलभेँडा उत्पादक कृषिक वरुणबहादुर रोक्काले नेपाली किसानले उत्पादन गरेको गोलभेँडाले बजार मूल्य नपाएको र प्राथमिकतामा नपरेकाले सडकमा फ्याँक्न बाध्य भएको सुनाए ।

    किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुको मूल्य सरकारले तोक्नुपर्ने र उपभोक्ताले सहुलियतमा पाउनुपर्नेमा उनले जोड दिए ।

    अहिले नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार मूल्य र प्राथमिकता नपाउने तर विदेशीबाट आयात भएर आएको वस्तुले बजार लिने गरेको उनको भनाइ छ ।

    उनले कालीमाटी बजारमा व्यवसायीले किसानसँग आठ रुपैयाँ किलोमा गोलभेँडा किन्ने र बजारमा उपभोक्तालाई ४० रुपैयाँमा बेच्न नहुने बताए । किसानले पाउने र उपभोक्ताले खरिद गर्ने मूल्य सरकारले तोक्न नसक्दा विकृति भइरहेको उनले उल्लेख गरे ।

    आइतबार करिब ३० हजार किलो गोलभेँडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ । फ्याँकिएका गोलभेँडा काठमाडौंका रामकोट, नागार्जुन, थानकोट, भक्तपुरलगायत क्षेत्रमा फलेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images